• २०८३ बैशाख ३० गते बुधवार

तुलसीपुरमा भिरबाट खसेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, दाङ । तुलसीपुरमा भिरबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा, दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं.१ स्थित पातेघारमा बस्ने ७० वर्षिय जरसिङ कामीको भिरबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार, आफ्नै घर नजिकको बारीमा घाँस काट्न गएको समयमा भिरबाट अन्दाजी ५० फिट तल खसेर मृत्यु भएको हो । घाँस काटेर घर नआएपछि आफन्ताले खोजतलास गर्ने क्रममा आज बिहान ६ बजेतिर मृत अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस