• २०८३ बैशाख २८ गते सोमवार

प्रधानन्यायाधीशले तोके आफू सहित ९ इजलास

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, काठमाडौं।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहितका ९ वटा इजलास तोकेका छन्। राणाले आफ्नो एकल इजलासमा ६ वटा मुद्दा र अन्य इजलासमा १७१ वटा मुद्दा राखेका छन्।

न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६ मुद्दाको पेसी तोकेका छन्।

यसैगरी विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ४ वटा मुद्दाको पेसी तोकिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस