• २०८३ बैशाख २७ गते आइतवार

स्विजरल्याण्डले दियो ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, काठमाडौं । स्विजरल्याण्ड सरकारले उपलब्ध गराएको चार लाख ९२ हजार मात्रा एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो खोप कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अनुदानमा उपलब्ध भएको हो। बुधबार साँझ प्राप्त भएको खोप स्वास्थ्य सेवा विभाग लगिएको छ।

हालसम्म १ करोड ६२ लाख ६६ हजार १५५ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार १६ हजार ५२९ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस