• २०८३ बैशाख ४ गते शुक्रवार

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २७ काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ ।

सरकारले हटाउने तयारी गर्दै स्पष्टिकरण सोधेपछि भट्टराईले राजीनामा दिनुभएको हो । उहाँले सरकारले सोधेको स्पष्टिकरणको जवाफ पनि दिनुभएको थिएन ।

राजीनामा पत्रमा भट्टराईले अहिलेको सरकार विकास विरोधी र जनविरोधी भएको भन्दै यस्तो सरकार अन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने उल्लेख गर्नुभएको छ ।

उहाँलाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस