साउन २७, सुर्खेत । साँझको सात बजेको थियो मान्छेहरु आ आफ्नो गन्तव्यमा हुइकिरहेका थिए । हातमा फलामको चिम्टा । एक हातमा पैसा बरिपरि मकै अनि फलामको कराईमा मकै पोल्दै गरेकि यि हुन् दैलेखकि नन्दकला विक । समयले नेट्वकाटेर साझको सात बजिसकेको थियो तर पनि उनलाई मकै पोल्दै बेच्नमा भ्याइनभ्याइ छ । दैलेख ठाटीकाँधकि नन्दकला वि क एक गतिलो उदारणिय पात्र मात्र हुन् । सुर्खेतका चोक चोक र गल्लिमा थुप्रैले नन्दकलाजस्तैले मकै पोल्दै बेचेर जिविका चलाएका छन् ।

उमेरले ४० वर्ष पुगेकि नन्दकला दैलेखबाट झरेर चोकमा बसेर मकै पोल्न थालेको तीन वर्ष भयो । गर्मिको राप र आगोको रामले जिउभरि पसिनै पसिना भएर शरिर कालै भएपनि कुनै परवा छैन । चोकमा बसेर दिनमा कति मकै पोलेर बेच्न सकिन्छ भन्ने सोचमा मात्र हुन्छिन् उनी । हातमा बाँसको ढुङ्गो ढाडमा पटुकि र निधारभरि पसिना रुमालले पुछ्दैै मकै पोल्दै गुजारा चलाउनु नन्दकलाको दैनिकि जस्तै बनेको छ ।
पहिले पहिले कारोनाले सतायो अहिले बेलाबेला वर्षातको पानिले सताउने गरेको नन्दकला बताउछिन् । उनले भनिन्,‘दिनमा घाम लागेर सफा मौसम भएमा दिनमा एक सय देखि एकसय पचाससम्म वटा मकै पोलेर बेच्छु ।’ नन्दकलालाई दिउँसोको गर्मिको पनि परवा छैन गर्मि भएपनि छातालाई छडीमा अड्काएर आफ्नो कर्म कार्यमा निरन्तर पसिना चुहाउदै मकै पोल्दै बेच्न व्यस्त् हुन्छिन् ।
दिउँसो टन्टलापुर घाममा छातालाई छडिमा अड्काएर गर्मि छल्दै निधारभरिका पसिना रुमालले पुछ्दै र साझ भएपछि छडीको छाता हटाएर दैनिक एक सय देखि एक सय ५० मकै पोल्दै बच्ने उनले बताईन् । विगत तीन वर्षदेखि नै यसरि नै मकै पोल्दै चार जनाकोे परिवार पाल्दै आएको छु उनले भनिन्,‘आफुसँग जिविका चलाउन न अरु केही सिप नै छ यहि मकै बेचेरै भएपनि गुजारा चलाउदै आएकि छु ।’नन्दकला बताउँछिन् ।’
परिवारमा श्रीमान,एक छोरा,र एक छोरी आफु गरेर चार जनाको परिवार छ, छोराछोरी दिउँसो स्कुल जान्छन् श्रीमान घर बनाउने काम गर्नुहुन्छ र म दिनभरि मकै पोल्छु ।’पहिले लकडाउनले केही काम पाइएन अहिले लकडाउन केही रुपमा खुकुलो भएसँगै मकै पोल्दै बेच्दै गुजारा चलाइरहेकि छु उनले भनिन् । जतिसुकै चर्को घाम होस वा बादल गर्जेर पानी पर्न लागेको अवस्था होस काम नगरी जीवन गुजारा गर्न गाह्रो छ, केही महिलाहरूलाई तर नन्दकलालाई त्यस्को कुनै परवा छन । सानो काम गर्न लजाउने हाम्रो समाजमा उदाहरणीय बनेका छन यी सडकछेउछाउमा जीविकोपार्जन गर्ने महिलाहरू– जसले न लाज मान्छन, न गाह्रो अप्ठेरो । असारको टन्टलापुर घाममा पनि आगोको रापमा मकै पोलेर जीवन धान्दै आइरहेका छन् । मध्यदिनको चर्को घामको समेत परवाह हुँदैन नन्दकलालार्ई । परवाह छ त उनलाई मकैका कति घोगा बिक्री भए । बछिनछिनमा उनलाई बिक्री गरेर बचत भएको पैसाले सिङ्गो परिवारको जीवन चलाउने सोच मात्र आउँछ ।
मकै पोल्दै विक्रि गर्दै उनको जीवनयापनको बलियो आधारसमेत भएको छ । मकै पोलेर आफ्नो आधाभन्दा बढी जीवन बितेको उनी बताउँछिन् । ‘यिनै मकैका घोगालाई नै जिउने आधार बनाएको छु’ उनले भनिन, ‘यो काम गरेन भने साँझ बिहान हातमुख जुटाउनै समस्या हुन्छ ।’ भनिन्छ– इच्छा भए उपाय अनेक त्यसको गतिलो उदाहरण हुन् नन्दकला । अहिले सुर्खेतको व्यस्त चोक एरिचोकमै बसेर दिनमा एकहजार देखि पन्ध्रसयसम्म र मासिक दश देखि पन्ध्रहजार कमाउँदै आएको उनी बताउँछिन् । नन्दकला जस्तै चोक छेउमा र सडक क्षेत्रमा थुप्रै महिलाहरूले मकै पोल्दै गुजारा चलाउदै आएका छन ।
पोलेको मकै खानुका फाइदा
पोलेको मकै खाँदा स्वादिलो मात्र होइन निकै स्वास्थ्यवद्र्धक तथा पोषणयुक्त हुन्छ । यसमा फोलिक एसिड, प्रोटिन तथा कार्बोहाइड्रेट जस्ता पौष्टिक तत्व पाइने चिकित्सकहरू बताउँछन् । आयुर्वेदका अनुसार पोलेको मकै तृप्तदायक, वातकारक, कफ तथा पित्तनाशक तथा भोक जगाउने अन्न हो । मकैमा पर्याप्त म्याग्नेसियम, आइरन, कपर तथा फोस्फोरस पाइन्छ । यसको सेवनले मिर्गौला स्वस्थ राख्न पनि सहयोग गर्ने चिकित्सकहरुको भनाई छ ।