असार २७, मकवानपुर । पचपन्न वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौंडाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगरलाई शनिबार साँझ पक्राउ गरेको हो ।
मगरले ती महिलालाई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।