• २०८३ जेष्ठ ८ गते शुक्रवार

‘सरकारविरुद्ध गिद्धेदृष्टि लगाउनेलाई मैदानबाटै जवाफ दिन्छौं’ : राष्ट्रिय युवा संघ

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार २७, काठमाडौँ । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले वर्तमान एमालेको नेतृत्वमा रहेको सरकारविरुद्ध गिद्धेदृष्टि लगाउनेलाई मैदानबाट नै जस्ताको त्यस्तै जवाफ दिने चेतावनी दिएको छ । युवा संघ केन्द्रीय कमिटीको आयोजनामा आज काठमाडौँको नयाँ बानेश्वमा आयोजना गरिएको वृहत सडक प्रदर्शन पछिको कोणसभामा बोल्दै संघका अध्यक्ष किरण पौडेलले सरकारलाई चौतर्फिरुपमा घेरावन्दी गर्दै विपप्ती गठबन्धनले राष्ट्रघाती तथा जनघाती गतिविधिहरु गरिरहेको उल्लेख गर्दैै त्यस प्रकारका गतिविधिलाई ध्वस्त बनाउने चेतावनी दिनुभयो ।

नेपालको इतिहास तीन पटक मात्र नेपालको नक्सा परिवर्तन भएको उल्लेख गर्दै अध्यक्ष पौडेलले पृथ्वी नारायण, जंगबहादुर पछि वर्तमान केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरी नेपालको इतिहासमा ऐतिहासिक कार्य गर्नुभएको दावी गर्नुभयो । विपक्षी गठबन्धनले चुच्चे नक्सा जारी गरेकै कारण सरकारलाई चौतर्फी घेरावन्दी गरेको उल्लेख गर्दै नेपालको भूमि रक्षाको निम्ती युवा संघले जस्तोसुकै परिस्थितीको सामाना गरी अगाडी बढ्ने उद्घोष गर्नुभयो ।

विपक्षी गठबन्धन विदेशीको एजेन्ट भएको प्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनतालाई साम्राज्यवादी तथा पुँजीवादीहरुको गठबन्धन सक्रिय बनेको छ । मुलुकको रक्षाको निम्ती दुई थोपा रगत रहुन्जेल संघले लडिरहने छ । कसैले हल्लाउन सक्नेवाला छैन । नेपालको राष्ट्रियता माथि गिद्धेदृष्टि लगाउनेलाई सडकबाट नै जस्ताको त्यस्तै जवाफा दिनेछौं ।’

May be an image of 5 people, including Ajay Jung Shahi, people standing and outdoors

नेपाली युवाहरुको रगतमा होली खेल्ने कुचेष्ठा नगर्न कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष, जनमोर्चालगायतलाई चेतावनी दिँदै उहाँले विपक्षीहरु मौदानमा आए जस्ताको त्यस्तै संघले जवाफ दिने चेतावनी दिनुभयो । संघसँग भिड्न आएमा प्रतिवादमा उत्रन निर्देशन दिँदै अध्यक्ष पौडेलले सडकमा भिड्न आउनेको जिव्रो थुत्न संघका कार्यकर्ता तयार रहेको उद्घोष गर्नुभयो ।

May be an image of 5 people, people standing and outdoors

कार्यपालीकालाइ न्यायपालिकाले हस्तक्षेप गरि मुलुकमा राजनीतिक अराजकता मच्चाउन थालेको उल्लेख गर्दै उहाँले युवाहरुले सर्वोच्चको गतिविधिलाई नियाली रहेको बताउनुभयो । सर्वोच्चमा सेटिङ हुन सक्ने आशंका व्यक्त गर्दै उहाँले मुद्धाको फैसला आउनुपूर्व माओवादीका अध्यक्ष प्रचण्डले बोलेको जस्तोका त्यस्तै फैसला आउनु कुखुरा हराउनु र स्याल कराउनु उस्तै भएको बताउनुभयो । त्यस्तै उहाँले संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा ८ वर्ष अगाडी युवा संघले अख्तियार दुरुपयोग अनुसन्धानमा दर्ता गरेको लडाकु समायोजनको अरवौं रकमको घोटलाको फयलमा तत्तकाल अनुसन्धान अगाडी बढाउन समेत माग गर्नुभयो । उक्त फयलको अनुसन्धान अगाडी बढाई आम संघका कार्यकर्ताले प्रचण्डलाई जेलमा हेर्न चाहेको समेत बबताउनुभयो ।

कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष बचनबहादुर सिंहले न्यायपालिकामाथि जनताको विश्वासलाई कायम गराउन सचेत गराउँदै प्रचण्ड, शेरबहादुर देउवाले बोलेको कुरा जस्ताको त्यस्तै फैसला आउनुमा गंभिर प्रश्न चिन्ह खडा भएको बताउनुभयो । विपक्ष गठबन्धन विरुद्ध संघले जस्तोसुकै परिस्थितीको सामना गरेर पनि मुलुक र संविधानको रक्षा गर्ने उद्घोष गर्नुभयो ।

नेपालको वदलिँदो राजनीति परिस्थिती तथा अवस्थालाई मूल्याङ्कन गर्दै संविधानको रक्षा, वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेरावन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमको विरुद्ध सडक प्रदर्शन गरेको जनाएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारलाई असफल बनाउन विपक्षी गठबन्धन कांग्रेस, माआवादी, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष, जनमोर्चालगायतका दलहरुको संयुक्त गठबन्धनको विरुद्धमा संघले शक्ति प्रदर्शनको शुभारम्भ गरेको छ ।

कार्यक्रममा ‘शक्ती पृथकिकरणको रक्षा गरौं, संबैधानिक सर्वच्चता कायम गरौं’, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौं’, ‘कानुनी शासन कायम गरौं’, संविधान मिच्न पाईदैन, राष्ट्रघाती गठबन्धन चाहिँदैन’, वैदेशिक हस्तक्षेप प्रतिवाद गरौं’, ‘संवैधानिक सर्वच्चता कायम गरौं’, ‘आज अनी भोलीलाई, देशको जिम्मा ओलीलाई’, राजनैतिक निकास हाम्रो सरोकार, संसद विघठन संवैधानिक अधिकार’, ‘फेर्नुछ चाँडो देशको मुहार, विदेशी दलाल होसियार’, पुर्व क्लबवालाहरु कहाँ छौ, राष्ट्रिय युवा संघ यहाँ छ’ लगायतका नाराहरु लगाइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस