जेठ २८, कञ्चनपुर । बेलडाडी गाउँपालिका-२ स्थित बेलडाँडी बजारबाट १ ग्राम ५ सय ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित बेलडाँडी गाउँपालिका=१ बस्ने २८ वर्षीय दिपक सिह ठकुराठीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
सु.प.प्र.०१-००८ प ६००५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।