• २०८३ बैशाख १७ गते बिहिवार

गोरुको मासु बेच्ने दुई भारतीय पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, झापा । झापाको बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । गोरुको मासु बेचबिखन गरेको अभियोगमा उनीहरुलाई सोमबार बिहान पक्राउ गरिएको हो ।

कोठाभित्र गोरुको मासु बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई मासु काटी रहेको अवस्थामा १५ किलो ५ सय ग्राम गोरुको मासु सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस