• २०८३ बैशाख ५ गते शनिवार

लायन्स क्लबद्धारा जनमैत्री अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौं । काठमाडौं महानगरपालिका १६, बालाजु स्थित जनमैत्री सामुदायिक अस्पताललाई लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ बि १ ले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड १९ दोस्रो लहरको भेरीयन्टको चपेटामा परेका बिरामीहरुलाई उपचार गराउन सजिलो होस भन्ने उदेश्यले हाइ फ्लो प्रोटेबल अक्सिजन मेशिन २ थान सहयोग गरेको हो ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ बि १ का सहयोगी एबम मनकारी साथीहरुको सहयोगमा अन्तरास्ट्रीय डाइरेक्टर इन्ड्रोसी एलसिआइएफ एरिया लिडर सेकेन्ड सेन्चुरी एम्बेस्डर लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतित्यथा डिस्ट्रीक ३२५ बि १ का सर्बोच्च लिडर डिस्ट्रीक गभर्नर लायन मन बहादुर रोका, अस्पतालका प्रमुख प्रशासक उमेश पान्डे, डिस्ट्रीक क्याबिनेट सचिब लायन सुर्य कुमार के सि, क्याबिनेट ट्रेजरर लायन उदय कुमार नेपाल, एलसिआइएफ डिस्ट्रीक को-अर्डिनेटर लायन अरुण लामिछाने, डिस्ट्रीक डिपार्टमेन्ट चिफ डिजास्टर रिलिफ लायन हसन गोपाली, सयोजक डिस्ट्रीक डिपार्टमेन्ट चिफ लायन राजु चालिसे क्याम्पेन १००, डिस्ट्रीक एड्भाइजर लायन खड्ग बहादुर लामाको उपस्थितीमा हस्तान्तरण कार्यक्रम सम्पन गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस