बैशाख २८, सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ३ पोर्ताहा सडक दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३८६१ नंको माधव प्रसाद काफ्लेका अनुसार ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको मृत्यु भएको हो ।उनका अनुसार साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा दुवै जनाको बाटोमा मृत्यु भएको हो ।
शवपरीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।