बैशाख २८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । उनले आफ्नै निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका थिए ।
देउवाले नयाँ सरकार गठन गर्न तीन दलको बैठक बोलाउनुभएको थियो । देउवा निवास बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेताहरु सहित आज दिउँसो २ बजे बैठक बस्न लागेको थियो ।
बैठकमा नयाँ सरकार, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको थियो । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल सुरु गर्न लागेको हो ।