• २०८३ बैशाख ९ गते बुधवार

सभापति देउवाद्वारा तीन दलको बैठक आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठन गर्न तीन दलको बैठक बोलाउनुभएको छ । देउवा निवास बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेताहरु सहित आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उहाँको पक्षमा ९३ मतमात्रै आएको थियो । विश्वासको मत नपाएपछि स्वतः प्रधानमन्त्री ओली पदमुक्त हुनुभएको छ । ओलीलाई बहुमत पुर्‍याउन १३६ सांसद चाहिन्थ्यो ।

१२१ सांसद भएको नेकपा एमालेका २८ सांसद ओलीलाई मत दिन सहभागी हुनु भएन। ओलीको विपक्षमा १२४ मत आएको थियो भने जसपाको महन्थ ठाकुर पक्षका १५ जना तटस्थ बस्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस