• २०८३ बैशाख २९ गते मङ्गलवार

बिभिन्न ठाउँबाट अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २९, काठमाडौं। नेपालगंज उपमहानगरपालिका-१७ चौलिका चोकबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो दखिने पदार्थ सहित सोही नगरपालिका-१६ बस्ने गब्बर भन्ने हासिम हुसेन कवडियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी जयसपुर बाँकेबाट खटिएको प्रहरीले हासिमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाउँबाट करिब १ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो दखिने पदार्थ सहित कोहलपुर नगरपालिका-६ रझेना बस्ने २५ वर्षीय आशिष पौडेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुबियाबाट करिब १२ केजी अवैध लागूऔषध चरेश आइतबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले साथमा रहेको बोरा छाडी भागेपछि प्रहरीले बोरा जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस