चैत्र २९, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ४ स्थित लोलाङ, सुन्दरचोक ढल ढलान उपभोक्ता समितीको आयोजनामा ढल, बाटो समुद्घघाटन तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथी शहरी बिकास राज्य मन्त्री एवंम काठमाडौ क्षेत्र नं ७ का माननीय श्री रामवीर मानन्धरले राजनैतिक स्थायित्वले नै समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न सकिने भन्दै यसका लागि सबै एकजुट हुनुपर्ने धैर्यता हुनुपर्ने कुरामा जोड दिंदै नयाँ बर्षको शुभकामना ब्यक्त गरे।
यस योजना शहरी बिकास राज्यमन्त्री तथा क्षेत्र नं ७ का माननियको विशेष पहल र सक्रियतामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न भएको छ।
कार्यक्रममा तारकेश्वर नगरप्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी धिताल,वडा नं ४का वडाध्यक्ष नरेन्द्र दास श्रेष्ठले वडामा भएको प्रगति र अब गर्नुपर्ने योजनाका बारेमा मन्तब्य राखेका थिए।
यस समुद्घघाटन समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता उपभोक्ता समितिका अध्यक्ष कुल प्रसाद ढुंगेलले गरेका थिए भने संचालन अर्जुन घिमिरेले गरेका थिए ।