माघ २९, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध काठसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिकाका–१० सुर्खेत निवासी ५२ वर्षीय टेकबहादुर दर्लामीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार दर्लामीको घरमा लुकाइछिपाइ राखेको ६.९३ क्युफिट गोलिया काठ र १२.८६ चिरान काठ गरी १९.७९ क्युफिट काठ बरामद गरेको हो ।
प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार दर्लामीले सोही वडास्थित चुईयाँ पानी नजिकै गोलखाडल सामुदायिक वनबाट गोलिया काठ र चिरान काठ चोरी लुकाएका थिए । उनीसँगै सोही वडाका ४२ वर्षीय बुद्धि छम्तेल, २६ वर्षीय दीपक दर्लामी, १९ वर्षीय झमन खप्तडी र गोपाल पाण्डे, १८ वर्षीय नवीन राना र सुमन छम्तेललाई पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि सव वन डिभिजन कार्यालय दशरथपुर सुर्खेतपठाइएको छ ।
https://youtu.be/SXKLlB3brpA