• २०८३ जेष्ठ २७ गते बुधवार

सत्तारूढ पार्टीको महासचिवमा ‘निर्वाचित’ : किम जोङ उन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७,एजेन्सी। उत्तर कोरियाका नेता किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा महासचिव चुनिएका हुन्। वर्कर्स पार्टीको पाँच वर्षमा एक पटक हुने अधिवेशनले उनलाई महासचिव चुनेको हो। उनका कोही प्रतिष्पर्धी थिएनन् ।

यसअघि पार्टीको महासचिव उनका बुवा किम जोङ इल थिए। महासचिव निर्वाचित भएसँगै सन् २०११देखि उत्तर कोरियाको शासन चलाइरहेका उन झन् शक्तिशाली बन्ने भएका छन् । ‘अधिवेशनले सर्वसम्मत रूपमा उनलाई पार्टीको महासचिवमा बढुवा गर्ने कुरालाई पारित गरेको छ,’ केसिएनएले भनेको छ।

आफ्ना बुवाको मृत्यु भएपछि उन २०११ मा सत्तामा आएका थिएन । २०१२ मा उनको पार्टीले इललाई सधैँका लागि महासचिव र उनलाई प्रथम सेक्रेटरी बनाएको थियो । सन् २०१६ मा उनलाई पार्टीको अध्यक्ष भनिएको थियो । यसपालिको अधिवेशनले पार्टीको केन्द्रीय कमिटी र पोलिटब्युरोको पनि निर्वाचन गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस