• २०८३ बैशाख ११ गते शुक्रवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, नुवाकोट ।१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ककनी गाउँपालिका-२ कोल्पु बस्ने ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बलामीले ती किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै उदयपुर, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस