• २०८३ जेष्ठ २ गते शनिवार

शिक्षामन्त्री पेरिस प्रस्थान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज फ्रान्सको पेरिस प्रस्थान गर्नुभएको छ ।

यही नोभेम्बर ९ मा सुरु भएको महासभा नोभेम्बर २४ तारिखसम्म चल्नेछ । प्रतिनिधिमण्डलमा शिक्षा मन्त्रालयका सचिव एवं युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका महासचिव रामप्रसाद थपलिया, आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीलगायत हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस