• २०८३ साउन २० गते बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, कास्की । प्रहरीले जवरजस्ती करणीको अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका-३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस