• २०८३ बैशाख ५ गते शनिवार

अवैध रुपमा संकलन गरी लैजान लागेको सुन जस्तो देखिने धातु सहित १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौं । प्रहरीले अवैध रुपमा संकलन गरी लैजान लागेको सुन जस्तो देखिने धातु सहित १ जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नँया अन्तराष्ट्रिय भवनतर्फको नयाँ पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १ सय ५० ग्राम बराबरको सुनजस्तो देखिने धातुको ३ थान बाला सहित काठमाडौं कुमारीगाल बौद्ध बस्ने रामेछाप घर भएका २५ वर्षीय सन्तोष बस्नेतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जजिरा एयरको उडानद्वारा साउदीबाट नेपाल आएका बस्नेतले विभिन्न यात्रीहरुलाई भन्सार छली गरी ल्याउन लगाई अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस