साउन २६, मोरङ । प्रहरीले महिलालाई दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
३८ वर्षीया महिलालाई धाकधम्की, गाली गलौज गरी दुर्व्यवहार गरेको अभियोगमा धनपालथान गाउँपालिका-३ बेतौना बस्ने २४ वर्षीय जगत नारायण मण्डललाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
मण्डलले ती महिलालाई दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।