• २०८३ बैशाख १३ गते आइतवार

बेनी बजारमा आगलागीबाट दुई पसल जले

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २६ बेनी ।  बेनी बजारको न्युरोडमा मंगलबार बिहान आगलागी हुँदा दुई वटा पसल जलेर पूर्ण रुपमा क्षति भएको छ। बेनी नगरपालिका–८ न्युरोडस्थित जिबन बिश्वकर्माको घरमा सञ्चालन भएको नयन स्टोर्स र रघुगंगा डेरी पसल आगोलागीबाट नष्ट भएको हो।

बिहान करिब २.३० बजे सुरु भएको आगोलागी ४.३० बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगोलागी नियन्त्रणमा लिन बेनी र बागलुङ नगरपालिकाको दुई वटा दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र बजारबासी परिचालन भएका थिए। आगलागीबाट दुई वटा पसल, त्यहाँ राखिएको सामान र चार वटा कोठा पूर्ण रुपमा क्षति भएको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताए।

‘ग्यासको सिलिण्डर पनि भएको किराना र डेरी पसलमा बिद्युत सर्ट भएर आगोलागी भएको प्रारम्भिक अनुमान गरेका छौँ,’ उनले भने ‘पसल सञ्चालकहरुले अन्दाजी ८०–९० लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गर्नुभएको छ।’

आगोलागीको कारणको अनुसन्धान र क्षतिको पूर्ण बिबरण संकलन उज्यालो भएपछि सुरु गरिएको प्रहरी निरीक्षक गुरुङले बताए। आगोलागी भएको पसल सञ्चालन भएको घर जस्ताले छाएको टहरामा ब्लकले बारेको र भुई ढलान गरिएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस