असार २६,नुवाकोट । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिदुर नगरपालिका-७ तुप्चे बस्ने २९ वर्षीय ललित बिक र सोही ठाउँ बस्ने २० वर्षीय सुवास थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
ललितको कोठामा ती किशोरीलाई लगि उनीहरूले गत सोमबार जबरजस्ती करणी गरेको भन्ने भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।