असार २६, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४१४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३०३, ललितपुर ६० र भक्तपुरमा ५१ जना गरी ४१४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर थप २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण भएका छन भने १ हजार ४ सय ३२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो।