• २०८३ बैशाख १७ गते बिहिवार

लुम्बिनी प्रदेश प्रहरीको ठुलो सफलता, साढे २८ किलो चरेससहित २ जना पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार २६, दाङ । लुम्बिनी प्रदेश प्रहरी ब्युरोले अबैध लागुपदार्थसहित २ जनालाई पक्राउ गरेको छ । ब्युरोले बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँ निवासी ६३ वर्षीय जीवन पुनलाई शुक्रबार साँझ बुटवलको देविनगर स्थित नमस्ते पथ केएफसी पिज्जा हबमा चरेसको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेश अनुसन्धान समूह RIT टोलीले २८.५ किलो लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको हो । लुम्बिनी प्रदेश अनुसन्धान ब्युरो प्रहरीले लु२५प ६५४४ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको बताएको छ । पक्राउ परेकालाई लागुऔषध कारोबार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी मुकुन्द राज आचार्यले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस