जेठ २७, रुपन्देही। हत्या गरेको आरोपमा पाँचजनालाई ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीले पक्राउ गरेको छ । लुम्विनी साँस्कृतिक नगरपालिका वडा.४ मनौराका ३५ वर्षीय महेन्द्र यादवको पक्राउ हत्या गरेको आरोपमा रुपन्देही साँस्कृतिक नगरपालिका वडा नं.४ मनौरा बस्ने बर्ष २२ वर्षीय बलजित पासी, ३० वर्षीय दुर्गेश पासवान ,२४ वर्षीय राकेश यादव ,२० वर्षीय संजय पासी र २३ वर्षीय सर्वजित विश्वकर्मा रहेका छन् ।
गत जेठ २३ गते जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.४ मनौरा बन्दरगढस्थित यादवको शव फेला परेको थियो । प्रहरीले अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) १ थान, पानी तान्ने नलको ह्याण्डर १ थान र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा १ थान सहित अन्य प्रमाणहरु बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धना भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।