जेठ २७,काठमाडौँ। आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९३ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ४ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।