• २०८३ बैशाख ९ गते बुधवार

बलात्कार अभियोगमा पक्राउ परेका भोक्राहाका अध्यक्ष यादवको पुन म्याद थप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, सुनसरी । १७ वर्षिया किशोरी जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवको फेरी म्याद थप भएको छ । जिल्ला अदालत सुनसरीले ५ दिनको म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नेरेन्द्रकुमार कार्कीका अनुसार अदालतबाट थप ५ दिन म्याद थप भएको हो । अदालतबाट यस अघि तीन पटक म्याद थप भैसकेको छ । पछिल्लो पटक थपिएको ५ दिनको अवधि सँगै प्रहरी अनुसन्धानको २४ दिन पुग्ने छ । प्रहरीले पछिल्लो पटक पाएको ५ दिने म्याद भित्र अनुसन्धान फाइल सहित यादवलाई अदालत बुझाउने छ ।

बैशाख ८ गते धरानको डुकु होटल एण्ड लजबाट उनलाई रंगेहात पक्राउ गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस