• २०८३ जेष्ठ १ गते शुक्रवार

चन्द्रागिरीमा सुविधा सम्पन्न आइसोलेशन सेन्टर सञ्चालनमा आउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख, २७, काठमाडौ । चन्द्रागिरी नगरपालिकाकाले नगरस्तरीय आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले जेठ १ गतेबाट सञ्चालन गर्ने गरि चन्द्रागिरी नगरपालिका वडा नं। ८ मातातिर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनलाई आइसोलेशन सेन्टर बनाउन लागिएको हो ।

नगरपालिकामा कोरोना संक्रमितको संख्य बढेसँगै आइसोलेशन सेन्टर सञ्चालन गर्न लागिएको हो । नगरपालिका सामाजिक विकास समिति तथा क्वारेन्टाइन तथा आइसोलेशन व्यवस्थापन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष सन्तोष खड्काका अुसार सुरुमा अक्सिजनसहितको ३० शैय्याबाट एक सय शैय्याको आइसोलेशन सेन्टर बनाउन लागिएको हो ।

No description available.

चन्द्रागिरी नगरपालिका वडा नं. ८ वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने पनि अध्यक्ष खड्काले बताए । आइसोलेशन सेन्टर बनाउन ढिलाई भएको भन्दै आलोचना भइरहेको समयमा व्यवस्थित र दीर्घकालिन आइसोलेशन सेन्टर बनाउन लागि परेको र जेठ १ गतेबाट सञ्चालनमा आउने नगरपालिकाको दाबी छ ।

विशिष्ट चिकित्सक, स्वास्थ्यकर्मी लगायतको समूहले आइसोलेशनमा २४ घण्टा सेवा प्रदान गर्ने र विरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि समन्वय गरिएको चन्द्रागिरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणी घिमिरेले बताए ।

https://khabar24nepal.com/05/10/2021/70654

Sharing

प्रतिक्रिया दिनुहोस