बैशाख २७, काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चन्द्रागिरि नगरपालिकाका सामाजिक विकास समिति संयोजक सन्तोष खड्काका अनुसार पिसीआर ७ जना र एन्टिजोन परिक्षण २११ जनाको परिक्षणमा २०० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसगैं चन्द्रागिरिमा कोरोना संकरमितको संख्या २८६३ पुगेको छ । समिति संयोजक खड्काका अनुसार चन्द्रागिरिमा कोरोना मुक्त हुनेको संख्या २२४७ जना रहेका छन । हाल अस्पताल आईसोलेसनमा रहनेको संख्या २२ जना रहेका छन भने होम आईसोलेसनमा रहनेको संख्या ५६५ जना रहेका छन ।
पछिल्लो चौबिस घण्टामा चन्द्रागिरिमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म चन्द्रागिरि नगरपालिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ जना पुगेको छ ।
