• २०८३ बैशाख २९ गते मङ्गलवार

प्रधानमन्त्रीको विपक्षमा भोट हालौँ, नयाँ इतिहास बन्छ : प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको बहुमत प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण भत्किएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले प्रधानमन्त्री ओलीको अहंकारले आज मुलुक यो हालतमा आइपुगेको धारणा राखेका हुन ।

प्रचण्डले आफूले विघटन गरेको संसद्सँग विश्‍वासको मत माग्‍ने नैतिक अधिकार ओलीसँग नभएको दाबी गर्दै विश्‍वासको मत लिने प्रधानमन्‍त्रीको कदम नाटक मात्रै भएको टिप्पणी गरे । उनले लोकतान्त्रिक संस्था, पद्धति, परम्परा र विधिलाई छलेर अरु नै केही गर्न खोजेको हो कि भन्‍ने आशंका उब्जिएको बताए।

ओलीले संसदलाई अपमान र उपेक्षा गरेको प्रतिक्रिया दिदैं प्रचण्डले ओलीलाई प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै संविधान र प्राप्त उपलब्धिहरु विरुद्ध क्रियाशील भएको आरोप लगाए । उनले प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ प्रधानमन्त्रीले विश्वासको मत मागेको होइन भन्ने आशंका भएको बताए।

उनले प्रधानमन्त्रीले राखेको विस्वासको मतको विपक्षमा मत हाल्न आब्हान गर्दै प्रधानमन्त्रीजीबाहेक सबैले प्रधानमन्त्रीको विपक्षमा भोट हालौँ नयाँ इतिहास बने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस