चैत्र २८, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित हुनु भएको छ । चैत्र २५ गते भएको मतदानको शनिबार अपराह्न सकिएको मतगणनाबाट पोखरेल विजयी हुनु भएको हो ।

अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो । उहाका निकटतम प्रतिद्धन्दी निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गर्नुभयो । गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ मत र रामप्रसाद दाहालले १ सय ५६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन भएको हो ।





