फागुन २६,काठमाडौँ। नेकपा माओवादी केन्द्रले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल सदस्य छन् ।
कार्यदलले अहिलेको अवस्था के छ र अब के गर्ने भन्ने विषयमा सुझाव दिने एक नेताले जानकारी दिए । त्यस्तै बुधबारको बैठकमा चैत १ गते बस्ने केन्द्रीय समिति बैठक र २ गते हुने भेला प्रशिक्षणमा सहभागी हुने नेता कार्यकर्ताको मापदण्ड तय गरेको छ ।