• २०८३ जेष्ठ २१ गते बिहिवार

महिलालाई भारत तर्फ लैजाने क्रममा २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, मोरङ । विराटनगर हुँदै जोगवनी सीमानाकाबाट सिन्धुपाल्चोक घर भएका महिलालाई भारत तर्फ लैजादै गरेको अवस्थामा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १६ का काजी तामाङ र प्रेमबहादुर मगरलाई सिमानाका बाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

काम लगाइदिने बाहानामा महिलाहरुलाई भारत तर्फ लैजान लागेको सुचना पाएपछि तामाङ र मगरलाई विराटनगर १६ दक्षिण गेटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक जुुगल गाँउपालिका २ का २३ र ३२ बर्षका तामाङ थरका दुई महिलालाई मोरङ प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरेको हो । उनिहरुले भारतमा राम्रो काम लगाई दिने धेरै पैसा कमाइ हुने भन्दै काठमाण्डौबाट बस चढाएर विराटनगर ल्याएको बताएका छन् ।

आर्थिक अवस्था कमजोड भएका कारण कामको खोजिमा हिडेको बेला प्रलोभन देखाएर उनिहरुलाई फागुन २० गते नै विराटनगर ल्याईएको खुलासा भएको मोरङ प्रहरीका प्रबक्ता डीएसपीले जानकारी दिनु भयो । उनिहरुलाई मानव बेचविखनको मुद्धा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुशन्धान थालिएको मोरङ प्रबक्ता राईले जानकारी दिनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस