• २०८३ असार १६ गते मङ्गलवार

प्रचण्डले पार्टीलाई आफ्नो खल्तीको पैसा जस्तो सम्झीए : मन्त्री रायमाझी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, अर्घाखाँची। नेकपा स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले ३३ वर्षसम्म पुष्पकमल दाहाल प्रचण्ड आफैं टीको लगाएर पार्टी अध्यक्ष बनेको बताएका छन । अर्घाखाँचीको मालारानीमा नेकपा ओली समूहले गरेको गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा मन्त्री रायमाझीले बोल्दै पार्टीलाई खल्तीको पैसा जस्तो सम्झने प्रचण्डले नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको आरोप लगाएका छन ।

मन्त्री रायमाझीले प्रचण्ड–नेपाल समूहले बाह्य शक्तिको इशारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाएर देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको समेत आरोप लगाएका छन । उनले अब प्रतिनिधिसभा पुनःस्थापना अब केवल दिवास्वप्ना मात्र हुने दाबी पनि गरेका छन ।

प्रचण्ड–नेपाल समूहले एकताको मर्म विपरीत पार्टीभित्र चरम गुटबन्दी गरी पार्टी विभाजनको अवस्थामा पुर्याएको आरोप लगाउँदै उनले पार्टी एकता विरोधीलाई कार्यकर्ता र नागरिकले बहिष्कार गर्ने पनि बताए । ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टीभित्रैबाट सरकारलाई घेराबन्दीमा पारेर काम गर्न नदिएको भन्दै उनले विभिन्न कठिनाइ र अवरोधकाबीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दाबी गरेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस