मंसिर २३, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अन्तिम केन्द्रीय समिति बैठक वहिष्कार गरेका छन् । शुक्रबार पार्टीको १४औँ महाधिवेशन सुरु हुँदैछ ।
बैठकमा आफू सहभागी नहुने पौडेलले सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् । पार्टी कार्यालय पुगेका नेता गगन थापाका अनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराएका छन् ।
सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिस्कार गरेका हुन् । उनले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराएका छन् ।