मंसिर २३, नवलपरासी । नवलपरासीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा, नवलपरासीको कावासोती वडा नं।१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ ।
घर नजिकको चउरमा बसिरहेका अवस्थामा महतलाई गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट गम्भिर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।