• २०८३ जेष्ठ ६ गते बुधवार

नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्री भारतको ‘पद्मश्री’बाट सम्मानित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २३, नयाँ दिल्ली । नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री सम्मानबाट सम्मानित गरिएको छ। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज भारतीय राष्ट्रपति रामनाथले क्षेत्रीलाई पद्मश्री सम्मान प्रदान गरेका हुन्।

बसाइँ सराइमाथि साहित्यकार क्षेत्रीले लेखेको ‘बसाइँ’ उपन्यास सर्वाधिक चर्चित कृति हो। यो उनको पहिलो उपन्यास हो। उनी भारतको आसाममा बस्छन्। भारतको संविधानको अनुसूची ८ मा आधिकारिक भाषाका रूपमा नेपाली भाषा पनि समेटिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस