• २०८३ जेष्ठ २५ गते सोमवार

१ हजार २७१ जना संक्रमित हुँदा १ हजार ८४५ जना निको

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, २४ भदौ । नेपालमा बिहीबार १ हजार २ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावधिक गर्दै पछिल्लो समयमा सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

सो अवधिमा १ हजार ८ सय ४५ जना संक्रमणमुक्त भएको भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गएको २४ घन्टाको अवधिमा ११ हजार ९ सय ४४ जनाको नमूना परीक्षण गरेको थियो।

सोही अवधिमा १४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। नेपालमा हाल २८ हजार ६ सय ७८ जना कोरोनाका सक्रिय संक्रमित छन्।

Sharing

प्रतिक्रिया दिनुहोस