• २०८३ बैशाख २३ गते बुधवार

मातृका आँखा अस्पतालको भवनमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । मध्यबानेश्वरस्थित मातृका आँखा अस्पतालको भवनमा  भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले एउटा थोत्रो मोबाइलमा तार जोडेर टाइमर जस्तो देखिएको बताए।

त्यो नक्कली बम डिस्पोज भइसकेको उनले जानकारी दिए । बिहीबार बिहान मातृका आँखा उपचार केन्द्रको तेस्रो तलाको शौचालयमा शंकास्पद वस्तु भेटिएपछि सिंहसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। उक्त वस्तु कसले राख्यो भन्ने बारे अनुसन्धान अगाडि बढेको प्रमुख सिंहले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस