• २०८३ जेष्ठ १६ गते शनिवार

रौतहटको अग्रगामी विरासतलाई माथि उठाउँछौँ: प्रभु साह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, रौतहट । पूर्वमन्त्री प्रभु साहले रौतहटको अग्रगामी विरासतलाई माथि उठाउने बताएका छन् । सोमवार गुजरा नगरपालिकाको कटानीमा स्थानीयसंग अन्तरक्रियाको क्रममा पूर्वमन्त्री साहले देशमा अव्यवस्था, अस्थिरता आएको खण्ड हरबखत रौतहटले त्यसको सामना गरी देशलाई निकास दिदै आएको बताए ।

अहिले देशमा पुनः राजनैतिक संकट बढ़ेकोले यस च्यालेन्जलाई स्वीकारेर रौतहटले देशलाई सुशासन र सुव्यवस्था प्रदान गर्न आह्वान गरे । केही तत्वहरुले रौतहटको भुमिलाई बदनाम एवम् कलंकित गर्न खोजेको पनि उनको आरोप छ । उनले रौतहटको विरासतलाई आफुहरुले रक्षा गर्ने बताए ।

“देशमा जब जब अव्यवस्था बढ़ेको र प्रतिक्रियावादले शिर उठाएको छ तब तब त्यसलाई तह लगाएर देशलाई निकास दिने काम रौतहटले गरेको छ । रौतहटको ईतिहास छ कि ठुल्ठुला तानाशाह र सामन्तलाई ढालेको छ । गौरवशाली विरासत बोकेको रौतहटको अगाडि पुनः अर्को च्यालेन्ज आएको छ । अव्यवस्था, र अराजकताले वर्चस्व पाएर देशलाई खोक्रो बनाउदै गएको छ ।” मन्त्री साहले भने, “रौतहटले यस च्यालेन्जलाई एक्सेप्ट गर्नुपर्छ र देशलाई निकास दिनुपर्छ । अब रौतहटको अग्रगामी विरासतको रक्षा तपाईं हामीले गर्नुपर्छ ।”

पूर्वमन्त्री साहले रौतहटको गुजरासहित फतुवा विजयपुर, कटहरियालगायतका नगरपालिकाका स्थानीयसंग अन्तरक्रिया गर्नुका साथै सो क्षेत्रमा निर्माणाधीन परियोजनाहरुको अनुगमनसमेत गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस