• २०८३ बैशाख २५ गते शुक्रवार

सुन र चाँदीका गहना सहित १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, पर्सा । प्रहरीले सुन र चाँदीका गहना सहित १ जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका-२ स्थित सडकबाट १४ ग्राम ४ सय मिलिग्राम सुन जस्तो देखिने धातुबाट बनेको तयारी गहना र १ किलो ९ सय ७० ग्राम चाँदीको जस्तो देखिने धातुबाट बनेको तयारी गहना सहित सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार सोनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट अवैध रुपमा सुन तथा चाँदीका गहनाहरु ल्याउँदै गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले शंकास्पद रूपमा पैदल हिँडिरहेका उनलाई जाँच गर्दा झोलाभित्र लुकाई ल्याएको सुन र चाँदीको जस्तो देखिने उक्त धातु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस