• २०८३ मङ्सिर १५ गते सोमवार

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २५, काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटन बरको बोटस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने स्याङ्जा फेदिखोला गाउँपालिका-२ घर भएका ३५ वर्षीय मुक्तिराम पौडेललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु-२ ख २९३ नम्बरको बसलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसका सह(चालक पौडेलले उक्त नगद दिन खोजेको तथा प्रहरीमाथि अभद्र व्यवहार समेत गरेपछि उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । उनी उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तरगत अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुधौली नगरपालिका-११ बस्ने २५ वर्षीय सरगम घिमिरेलाई गएराति प्रहरीले पक्राउ गरेको छ । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २-०२-००२ प ३६०७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनको साथबाट १ खिल्ली चुरोटमा लागूऔषध गाँजा भरी राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात उनलाई उक्त नगद तथा मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस