• २०८३ बैशाख २५ गते शुक्रवार

मोरङमा सवारीको ठक्करबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, मोरङ । मोरङमा सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार राति बूढीगंगास्थित शिवम फ्याक्ट्रीअगाडि नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट बूढीगंगा गाउँपालिकाका स्थानीय २० वर्षीय रामकुमार राजवंशीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा राति  मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारीसाधनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस