• २०८३ बैशाख १६ गते बुधवार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५ , भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४, चारदोबाटो साझा पेट्रोलपम्पअगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभा, चैनपुर घर भई हाल सिन्धुपाल्चोक, बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९३ प ९६५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस