• २०८३ बैशाख २१ गते सोमवार

नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष बस्नेतद्धारा मास्क र सेनिटाइजर वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, सुनसरी । नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीका लागि मास्क र सेनिटाइजर जस्ता सामाग्री वितरण थालेका छन । बस्नेत नेतृत्वको टोलीले देशभरका जिल्लामा पुगेर प्रहरीलाई स्वास्थ्य सावधानी अपनाउन आवश्यक सामाग्री वितरण गर्ने जनाएको छ ।

मोरङबाट अभियान थाली सुनसरी पुगेको टोलीले प्रहरी प्रमुख कमल थापालाई भेटी सहयोग सामाग्री हस्तान्तरण गरेको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेता बस्नेतले फ्रन्ट लाइनमा खटिने प्रहरीलाई लक्षित गरी अभियान चलाएको बताए । उनले जनताकोे सुरक्षामा अहोरात्र खटिने प्रहरीको भूमिका सराहनीय रहेको बताए ।

बस्नेतले महामारीका बेला प्रहरीको भूमिका थप अहम हुने भएकाले सावधानी पूर्वक ड्यूटी निर्वाहमा सहजता होस भन्ने उद्येश्य साथ सहयोग सामाग्री वितरण अभियान लिएर देश दौहाडामा निस्किएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस