• २०८३ बैशाख १८ गते शुक्रवार

सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू : प्रधानमन्त्री ओली (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएको छ । आइतबार विज्ञप्ति जारी गर्दै उहाँले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगरेको बताउँदै भन्नुभएको छ, ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।’

विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस