• २०८३ बैशाख ५ गते शनिवार

अवैध लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २६, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका-१ स्थित पक्की पुल नजिकबाट करिब १४ ग्राम ६९ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेम दत्त भट्ट र बेतकोट नगरपालिका(२ बस्ने ३२ वर्षीय केशब खत्री रहेका छन् ।

विशेष सूचनाको आधारमा म.२ प ७१०० नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस