बैशाख २६, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले बैशाख २७ गते सोमबार आफ्नो नगरका बिभिन्न स्थानहरुमा कोभिड १९ एन्टिजीन परिक्षण गर्ने भएको छ । लक्षण देखिएका तथा शंका लागेका नागरिकहरूले बिहान ८ देखि ११ बजे भित्र नाम दर्ता गराई परिक्षण गर्न हुन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाको महादेवस्थान स्वास्थ्य चाैकी चन्द्रागिरि न. पा ६ मा एन्टिजीन परिक्षण गर्ने स्थान ताेकिएकाे नगर स्वास्थ्य प्रमुख राममणी घिमिरेद्वारा जारी पत्रमा भनिएकाे छ ।
